Logo

दरौं खोलामा बन्यो ‘ट्रस ब्रिज’, अर्जुनचौपारी-१ र २ का स्थानीयलाई सहज

दरौं खोलामा बन्यो ‘ट्रस ब्रिज’, अर्जुनचौपारी-१ र २ का स्थानीयलाई सहज



काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाम अर्जुनचौपारी बजार छेउ भएर बग्ने दरौं खोलामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । अर्जुनचौपारी–१ र २ लाई जोड्न पुल निर्माण गरिएको हो ।

अर्जुनचौपारी बजारलाई २ भागमा विभाजन गर्दै दरौं खोला बगेको छ । मुख्य बजारको बीच भागमा ३ दशकअघि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनेपछि ट्रस ब्रिज निर्माण गरिएको हो । झोलुङ्गे पुलमा प्रयोग गरिएको काठ कुहिएपछि दुर्घटनाको जोखिम थियो । स–साना बालबालिकालाई विद्यालय जान असहज भएको थियो ।

‘पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको थियो,’ अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले भने, ‘बजारको बीच भागमा रहेकाले लठ्ठा तानेर पुल बनाउन नमिल्ने भएपछि ‘ट्रस ब्रिज’को डिजाइन गरी पुल निर्माण गरेका हौं ।’

संघीय सरकारको २९ लाख, गाउँपालिकाको २० लाख र स्थानीयको १ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुलको लम्बाइ ३२ मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This