Logo

Global_Ime

नेपाल बीमा प्राधिकरण पनि नेशनल पेमेन्ट स्वीचमा आवद्ध, अब सबै भुक्तानी डिजिटल माध्यमबाटै

नेपाल बीमा प्राधिकरण पनि नेशनल पेमेन्ट स्वीचमा आवद्ध, अब सबै भुक्तानी डिजिटल माध्यमबाटै



काठमाडौं । नेपाल बीमा प्राधिकरण पनि अब नेशनल पेमेनन्ट स्वीचमा आवद्ध भएको छ । अब प्राधिकरणका विभिन्न भुक्तानीहरु नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट गर्न सकिने भएको छ ।

Laxmi_sunrise

यस सम्बन्धमा हालै मात्र नेपाल बीमा प्राधिकरणका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजु रमण पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानीहरु मध्ये तलब, भेण्डर भुक्तानी, लगानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।

बीमाको क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीको माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न नेपाल बीमा प्राधिकरण र एनसीएचएलसँगको यस सहकार्यले झन टेवा पुर्याउने विश्वास प्राधिकरणको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL