Logo

नेपाल एयरलाइन्सले भोलिदेखि भैरहवाबाट पहिलो व्यवसायिक अन्तराष्ट्रिय उडान शुरु गर्दै

नेपाल एयरलाइन्सले भोलिदेखि भैरहवाबाट पहिलो व्यवसायिक अन्तराष्ट्रिय उडान शुरु गर्दै



काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो पटक भैरहवास्थित गौतब बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान गर्ने निश्चित भएको छ ।
नेपाल एयरलाइन्सले गौतब बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको एक वर्षपछि पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान गर्ने निश्चित भएको हो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सको विमान मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट भैरहवा अवतरण गर्ने जानकारी दिएका छन् ।

laxmi

उनले भनेका छन्- ‘चन्द्र सुर्य ध्वजा आकासमा फहराउँदै हाम्रो जहाज क्वालालम्पुर बाट उडेर भैरहवा विमान स्थलमा भोलि अवतरण गर्दैछ आउनु हुने यात्रुहरु सबैलाई स्वागत गर्न म आफै जाँदैछु । मिति- ३० जेष्ट ०८० ल्याण्ड हुने समय विहान – ७: ४०’

नेपाल एयरलाइन्सक ओसो विमानले करिब सय यात्रु मलेसियाबाट ल्याउन लागेको बताइएको छ । निगमले अहिले मलेसिया–भैरहवाको भाडा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ ।

मलेसियाबाट भैरहवाको उडान समय करिब ४ घण्टा ४५ मिनेट रहने छ । भैरहवामा यात्रु ओरालेर निगमको जहाज त्यहाँबाट काठमाडौं आउने छ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्ने निगमले बताएको छ ।

०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको कम्तीमा १० अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि त्यहा व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै थियो । जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।

यसैबीच भैरहवामा व्यवसायिक उडान गर्न राष्ट्रिय ध्वजावाहक निगम पुगेको छ । यसले यात्रुको चाप वृद्धि भए नियमित उडानलाई निरन्तरता दिने बताएको छ । अहिले नेपाल एयरलाइन्सको जहाजले मलेसिया- भैरहवा-काठमाडौंको ‘टर्न–अराउड’ उडान गर्ने भएको छ । यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्ने, त्यहाँबाट यात्रु राख्न पनि नपाइने, चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि नभरिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL