Logo

वैदेशिक लगानी ६४ प्रतिशतले घट्यो, लगानी फिर्तामा भने ३ सय प्रतिशतको वृद्धि

वैदेशिक लगानी ६४ प्रतिशतले घट्यो, लगानी फिर्तामा भने ३ सय प्रतिशतको वृद्धि



काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) करिव ६४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि बैशाखसम्म नेपालमा जम्मा ६ अर्ब १६ करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी आएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ६३.९ प्रतिशतले कम हो ।

laxmi

गत अर्थिक बर्षको साउनदेखि बैशाखसम्म नेपालमा १७ अर्ब ८ करोड ८९ लाख रुपैयाँ बराबरको एफडीआई भित्रिएको थियो । गत आर्थिक बर्ष यस्तो लगानी अघिल्लो आर्थिक बर्षको तुलनामा १८ प्रतिशतले बढेको थियो । यसरी चालु आर्थिक बर्षको पहिलो १० महिनामा प्रत्यक्ष वैदेशिक लगानीमा गिरावट आएपनि विदेशमा लगानी फिर्ता हुने रकममा भने उच्च वृद्धि देखिएको छ ।

गत आर्थिक बर्षको पहिलो १० महिनामा जम्मा ४४ करोड २० लाख रुपैयाँ बराबरमात्रै फिर्ता भएको वैदेशिक लगानी यो बर्षको सोही अवधिमा बढेर १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३०८ प्रतिशतले बढी भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसरी चालु आवको १० महिनामा खुद वैदेशिक लगानी भने जम्मा ४ अर्ब ३५ करोड रुपैयाँ मात्रै भित्रिएको देखिन्छ । यसरी भित्रिएको लगानी पनि गत आर्थिक बर्षको सोही अवधिको तुलनामा भने ७३.८ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षमा नेपालमा १९ र्अ २१ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिँदा ६५ करोड ८७ लाख रुपैयाँ मात्रै लाभांस, फाइदालगायत बाहिरिएको थियो । यसरी त्यस बर्ष नेपालले १८ अर्ब ५६ करोड रुपैयाँ बढी खुद वैदेशिक लगानी भित्र्याएको थियो । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी नयाँ परियोजना, स्थापित परियोजना सेयर लगानी र व्यवस्थापनमार्फत भित्रिँदै आएको छ । त्यसैगरी लगानी फिर्ता भने नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले लाभांस, रोयल्टी, व्यवस्थापनको लाभांसलगायतका शीर्षकमा लैजान्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL