Logo

Global_Ime

आगामी आवको मौद्रिक नीतिले बजेटले तोकेको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याउनेछ : गभर्नर अधिकारी

आगामी आवको मौद्रिक नीतिले बजेटले तोकेको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याउनेछ : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले तोकेको आर्थिक वृद्धिको लक्ष्यलाई पछ्याउने गरी आउने बताएका छन् । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Laxmi_sunrise
KBL

कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रको शिथिलतालाई ध्यानमा राखेर आगामी आर्थिक बर्षको बजेट आएको र सोही बजेटलाई सहजीकरण गर्नेगरी आगामी आवको मौद्रिक नीति पनि आउने बताएका छन् । उनले आगामी साउन १५ सम्म ल्याईसक्ने मौद्रिक नीतिले पनि ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पछ्याउने बताए ।

कार्यक्रममा उनले अर्थतन्त्रको शिथिलतालाई माथि उठाउन १७ खर्ब ५१ अर्बको बजेट सिलिङ आएको बताएका छन् । यसपालिको बजेटमा लक्ष्यहरु पनि अत्यन्तै व्यवहारिक राखिएको उनको भनाई छ । त्यति धेरै आकांक्षा राखेर आर्थिक वृद्धिको लक्ष्य नतोकिएको उनले बताए । ‘यो लक्ष्य मौद्रिक नीतिमा पनि राख्नेछौं । नेपाल राष्ट्र बैंकले बजेटको लक्ष्य हाँसिल गर्नकै लागि मौद्रिक नीतिको तयारी गरेको छ,’ उनले भने, ‘साउन १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी हामीले गरेका छौं ।’

यस्तै उनले मौद्रिक नीतिमार्फत स्थिति सहज भएको अवस्थामा बैंक ब्याजदर अझै घटाउने बताए । तर, परिस्थिति सहज भएन भने पिडा सहनै उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC