Logo

नेपाल–भारत क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौता : व्यवसायी, विद्यार्थी र पर्यटकलाई भुक्तानीमा सहज

नेपाल–भारत क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौता : व्यवसायी, विद्यार्थी र पर्यटकलाई भुक्तानीमा सहज



नयाँदिल्ली । नेपाल र भारतबीच क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौतामा हस्ताक्षर भएको छ । भारतको नेसनल पेमेन्ट कर्पोरेसन ९एनपिसिआई० र नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसिएचएल० बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

laxmi

सम्झौतापत्रमा एनसिएचएलका सिइओ निलेश प्रधान र एनपिआइएलका सिइओ रितेश शुक्लाले हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापश्चात् दुई देशका व्यवसायी, विद्यार्थी र पर्यटकलाई भुक्तानीमा सहज हुने विश्वास लिइएको छ ।

उक्त सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि आउनेलाई सहज हुनेछ । सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त गरिदिएको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत प्रधानले महत्वपूर्ण सहमति भएकोे जानकारी दिए ।

उनले यसप्रकारको सम्झौताले विद्युतीय भुक्तानीका लागि सहज हुने बताए । नेपाल र भारतका नागरिकले यसबाट ठूलो लाभ प्राप्त लिन सक्ने उनको भनाइ छ । यसअघि कार्डबाट हुँदै आएको भुक्तानी अब भने क्यूआर कोड स्यानमार्फत हुनेछ ।

भारतमा विभिन्न प्रयोजनका लागि आउने नेपालीले भोग्दै आएको भुक्तानीको समस्या अब भने समाधान हुने प्रमुख कार्यकारी अधिकृत प्रधानले जानकारी दिए । नेपाल राष्ट्र बैंककोे लगानीमा स्थापित नेपाल क्लियरिङ हाउस र भारतीय समकक्षीबीचको सहमतिले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप भरपर्दो र विश्वासिलो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL