Logo

सवा १७ खर्बको बजेट प्रस्तुत गर्दै सरकार, चालु आवको भन्दा आधा खर्बले घट्ने

सवा १७ खर्बको बजेट प्रस्तुत गर्दै सरकार, चालु आवको भन्दा आधा खर्बले घट्ने



काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०।०८१ का लागि १७ खर्ब २५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने भएको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आफ्नो सचिवालयको टीमसहित मन्त्रालयमा रातभर वसेर उक्त आकारको बजेट निर्माण गरेका हुन् ।

laxmi

पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण राजस्वको आकार घट्दै गएको र अन्य स्रोतहरु समेत परिचालन हुन नसकेपछि अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७९।०८० को भन्दा आकार घटाएर बजेट फाइनल गरेको हो । सरकारले चालू आबमा कुल १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । तर आगामी आब २०८०।०८१ का लागि चालू आबको भन्दा आधा खर्ब रुपैयाँभन्दा बढीले घटाएर सवा १७ खर्ब रुपैयाँ हाराहारीमा बजेट निर्माण गरिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

गतबर्ष बजेट निर्माणका क्रममा कर्मचारीको बढी चलखेल भएको आरोप लागेपछि यसपटक मन्त्री एक्लैले करका दरहरु परिमार्जन गरेका सम्बद्ध स्रोतको भनाई छ । ‘बजेट निर्माणका क्रममा रातभर मन्त्रीज्यूले अर्थमन्त्रालयका उच्च तहका कर्मचारी र सचिवालयसहितको टीमसँग बसेर छलफल गर्नुभयो र त्यहीअनुसार योजनाहरु राखियो,’ उक्त स्रोतले भन्यो, ‘सबै बसेर करका दरहरु परिमार्जन गर्दा सूचना चुहिने आशंकामा मन्त्री एक्लै बसेर करका दरहरु हेरफेर गर्नुभएको छ ।’

रातभर बसेर बजेट निर्माण गरेका कारण अर्थमन्त्री डा. महत विहान १० बजे मात्रै मन्त्रालयबाट बाहिरिएका छन् । उक्त बजेटलाई २ बजे बस्ने मन्त्रिपरिषद्ले पारित गर्ने छ । त्यसलगत्तै अपराह्न ४ बजे संसद भवन बानेश्वरमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL