Logo

रेशम चौधरीले पाए आम माफी, राष्ट्रपतिले गरे जन्मकैदकाे सजाय खारेज

रेशम चौधरीले पाए आम माफी, राष्ट्रपतिले गरे जन्मकैदकाे सजाय खारेज



काठमाडौं । टिकापुर हत्या काण्डमा जेल सजाय काटिरहेका रेशम चौधरीले आम माफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका उनको कैद सजाय माफी दिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

रेशम चौधरी २०७२ साल भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्मी र एक नाबालकसहित ८ जनाको मृत्यु भएको घटनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई तीनै तहको अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL