Logo

Global_Ime

चालु आवमा ४४ मध्ये २५ सार्वजनिक संस्थान नाफामा, सरकारलाई छ अर्ब १६ करोड लाभांश प्राप्त

चालु आवमा ४४ मध्ये २५ सार्वजनिक संस्थान नाफामा, सरकारलाई छ अर्ब १६ करोड लाभांश प्राप्त



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक संस्थानको वर्तमान कार्यसम्पादनको अवस्था, वित्तीय अवस्था र समस्या तथा चुनौतीको विश्लेषण सहितको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेका छन् ।

Laxmi_sunrise
KBL

“विगतमा सार्वजनिक संस्थानले मुलुकको आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि समयक्रममा खासगरी सञ्चालन एवम् व्यवस्थापनमा देखा परेका कमि कमजोरीका कारण समग्र वित्तीय स्थिति सन्तोषजनक नरहेको अवस्था छ”, अर्थमन्त्री महतले भने ।

उनका अनुसार नेपाल सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा छन् र सार्वजनिक संस्थानमा सरकारको शेयर तथा ऋण लगानी गत असार मसान्तसम्ममा रू छ खर्ब १८ अर्ब पुगेको छ ।

गत आर्थिक वर्षमा सरकारले सार्वजनिक संस्थानबाट रू छ अर्ब १६ करोड बराबरको लाभांश लिएको छ । जुन लगानीको एक प्रतिशत बराबर मात्रै हो ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC