Logo

Global_Ime

नक्कली भुटानी शरणार्थी प्रकरण, आजदेखि प्रतिवादीको न्यायाधीशसमक्ष बयान शुरु हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरण, आजदेखि प्रतिवादीको न्यायाधीशसमक्ष बयान शुरु हुँदै



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ । बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको हो ।

laxmi bank orange saving
NABIL

यस प्रकरणमा हालसम्म १४ जना आरोपित फरार रहेका छन् भने न्यायिक हिरासतमा रहेका १६ जनाको बयान हुनेछ । बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ ।

यो प्रकरणमा पक्राउ पर्नेमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन् ।

यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् । फरार रहेका बचन झा, रमा थापा र गोकुल थापालाई पनि प्रहरीले संलग्न देखिएको बताए पनि अहिलेको मुद्दामा भने प्रतिवादी रहने छैनन् ।

फरार रहनेमा पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक र सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरजसहित छन् । यस्तै केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन कुमार खरेल, राजेश अर्याल, हरिभक्त महर्जन र आशीष बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc