Logo

Global_Ime

सडकमै मोटरसाइकल बनाउने ३४ वर्कसपलाई महानगरको कारबाही, एकैदिन पौने २ लाख जरिवाना संकलन

सडकमै मोटरसाइकल बनाउने ३४ वर्कसपलाई महानगरको कारबाही, एकैदिन पौने २ लाख जरिवाना संकलन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । बुधबार खटिएका नगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा लिएको थियो ।

laxmi bank orange saving
NABIL

बुधबार नै कवाडी सामान संकलन गरेर सडक आवागमनमा अवरोध गर्ने गरी राख्ने २ जनालाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराइयो । यस्तै प्रचार वोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

यसरी सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

महानगर प्रहरी बलले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा वाधा गर्नेहरुलाई नियन्त्रणमा लिएर जरिवाना तिराउने गरेको छ । यसका लागि क्षेत्रबाट खटिएका प्रहरीले अनधिकृत क्रियाकलापमा सम्लग्नलाई नियन्त्रणमा लिएर प्रहरी बलमा पठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Everest
citizens_bank
ntc