Logo

Global_Ime

भ्रष्टाचारका सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौं : राप्रपा

भ्रष्टाचारका सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौं : राप्रपा



काठमाडौँ । राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन र कारवही प्रक्रिया अघि नबढाए संसद चल्न नदिने चेतावनी दिएका छन् ।

laxmi bank orange saving
NABIL

आज (बुधबार) को प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनले बताए । यदि भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट सङ्घर्ष गर्ने भन्दै उनले सदन पनि चल्न नदिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
Everest
citizens_bank
ntc