Logo

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नियमित अन्तर्राष्ट्रिय उडानबारे अर्थमन्त्रीले थाले छलफल

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नियमित अन्तर्राष्ट्रिय उडानबारे अर्थमन्त्रीले थाले छलफल



काठमाडौं, १० भदौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा इन्टरनेश्नल फ्लाईट गर्नेबारे छलफल गरेका छन् । छलफलमा नागरिक उड्ययनमन्त्री बद्री पाण्डे र उद्योगमन्त्री दामोदर भण्डारी सामेल छन् ।

सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा भएको छलफलमा ती दुवै विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गराउनको लागि कार्ययोजना बनाईएको छ ।दुवै विमानस्थल नेपालको लागि सेतो हात्ति भएको भनेर आलोचना भैरहेको बेलमा अर्थमन्त्री पौडेलले यी दुवै विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि कार्ययोजना बनाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै चीन भ्रमणमा जाँदैछन् । चीनबाट फर्किएपछि भारत पनि जाने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्