काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । उम्मेदवारी दिन सङ्घीय संसद् सचिवालयले तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन् ।
यसअघि संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेले आजै सो पदबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएकी थिईन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरुको बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । यसअघि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रहेका रामहरि खतिवडाले निजामति सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीपश्चात पदबाट राजीनामा दिएका थिए ।