Logo

Global_Ime

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापतिमा खड्का

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापतिमा खड्का



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को घरेलु तथा साना उद्योग समितिका सभापतिमा नरेन्द्र खड्का मनोनीत भएका छन् । खड्का महासङ्घको विधान ३८ (ग) बमोजिम उक्त समितिको सभापतिमा मनोनीत भएका हुन् ।

laxmi bank orange saving
NABIL

खड्का विगत ४ कार्यकालदेखि महासंघको केन्द्रीय सदस्य छन् । यस्तै, खड्काले कोसी प्रदेशको अध्यक्षको कार्यकाल समेत सम्हालिसकेका छन् भने यसअघिको कार्यकालमा मेला समितिको सभापतिको भूमिका निर्वाह गरिसकेका छन् ।

खड्का यसपटिक कोसी प्रदेशबाट कार्यकारी सदस्यमा निर्वाचित भएका थिए । उनी नेपाल अदुवा उत्पादक संघका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
Everest
citizens_bank
ntc