Logo

प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न एमाले अध्यक्ष ओलीको आग्रह

प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न एमाले अध्यक्ष ओलीको आग्रह



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै एमाले अध्यक्ष ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले देश र जनताबारे केहि नबोलेको भन्दै फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘एमालेले तपाईहरुलाई सहयोग गर्छ बरु पुनर्लेखनमा तर, प्रस्तावित नीति तथा कार्यक्रममा जनता र देशका समस्याबारे केहि बोलेको देखिएन,फिर्ता लिनुस् ।’ ओलीले सरकारमा सहभागी नभएका प्रतिपक्ष दलले नीति तथा कार्यक्रम पास गर्न असहयोग गर्‍यो भन्नुभन्दा सच्चाउन आग्रह गरे ।

ओलीले थपे, ‘प्रधानन्यायाधीश चाहियो कि चाहियो भनिएको छ । यो २३ महिना संवैधानिक परिषद्को बैठक बोलाइएन । मानौं कि एमालेकै कारण प्रधानन्यायाधीश नियुक्ति नभएको भनेर प्रचार गरिएको छ । के यहि हो लोकतन्त्र ? कमजोरी आफूले गर्ने दोष अर्कालाई दिने ।’ वैदेशिक सम्बन्धलाई व्यक्तिका हित उपयोग गर्ने साधन बनाउन खोजिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL