Logo

वैदेशिक रोजगारीमा जाने युवालाई लगानी गर्न प्रेरित गरिने, एनआरएनलाई नेपालमा लगानी गर्न खुला

वैदेशिक रोजगारीमा जाने युवालाई लगानी गर्न प्रेरित गरिने, एनआरएनलाई नेपालमा लगानी गर्न खुला



काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई निजी तथा सरकारी क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने भएको छ ।

laxmi

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीमा जाने युवालाई सरकारी तथा निजी क्षेत्रमा लगानीका लागि प्रेरित गरिने जानकारी दिएका हुन् ।

सरकारले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने नीति ल्याउने भएको हो ।

यस्तै सरकारले गैरआवासीय नेपालीलाई नेपालमा लगानी खुला गर्ने व्यवस्था गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई नेपालमा लगानी गर्न खुला गर्ने व्यवस्था गर्ने जानकारी दिएका हुन् । एनआरएनको सिप, क्षमता र दक्षतामा नेपालमा प्रयोग गर्ने वातावरण बनाउने अभिप्रेरित गरिने राष्ट्रपति पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL