Logo

२१ बुँदे घोषणापत्र जारी गर्दै स्वदेशी सम्मेलन सम्पन्न, अभियानको लक्ष्य हासिल गर्न सहजीकरण गर्छु : अर्थमन्त्री

२१ बुँदे घोषणापत्र जारी गर्दै स्वदेशी सम्मेलन सम्पन्न, अभियानको लक्ष्य हासिल गर्न सहजीकरण गर्छु : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले ‘मेक इन नेपालः स्वदेशी’ अभियानको लक्ष्य हासिल तथा अवधारणा कार्यान्वयनमा आउने झमेला न्यूनीकरण गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता गरेका छन् । नेपाल उद्योग परिसंघले २ जेठमा आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी सम्मेलन २०२३’ को समापन समारोहमा बोल्दै मन्त्री महतले सम्मेलनको घोषणापत्रले समेटको विषय कार्यान्वयको अगुवाई परिसंघले गर्ने र सरकारले पर्याप्त साथ दिने बताएका हुन्।

laxmi

‘दिनभर चलेको छलफलका आधारमा तयार घोषणापत्रले समेटेका घोषणा महत्वपूर्ण छन्,’ मन्त्री डा महतले भने, ‘यी कार्यान्वयनमा हाम्रा साथ पूर्ण सहयोग हुनेछ । घोषणालाई कायान्वयनमा ल्याउन हामी गम्भीर छौं ।’ अर्थमन्त्री महतले नेपालको ठूलो समस्या योजना कार्यान्वयन रहेको भन्दै नीतिगत तथा कानुनी समस्या पनि रहेको औंल्याए । ‘योजना कार्यान्वयको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको छ,’ उनले भने, ‘अहिलेको परिवेशमा अर्थतन्त्रमा देखिएका सिथिलतालाई मध्यनजरमा राखेर अब के गर्ने ? कार्यान्वयन क्षमतालाई कसरी वृद्धि गर्ने रु भन्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।’

अर्थमन्त्री महतले सरकारले पुँजीगत खर्चको प्रभावकारिता नहुनुको कारण पहिचान गरेको भन्दै आगामी आर्थिक वर्षको पहिलो दिनबाटै पुँजीगत खर्च बढाउने उपाय कार्यान्वयन हुने दाबी गरे । बजेट खर्च समयमै खर्च हुँदा अर्थतन्त्र चलायमान हुने तथा उत्पादन पनि बढ्ने भन्दै उहाँले मौद्रिक नीतिमार्फत् अझै परिस्थिति सहज बनाउने विश्वास दिलाए ।

उनका अनुसार स्वदेशी उत्पादन बढाउने सम्भावनाको क्षेत्रमा देशदेखि विदेशको लगानी एकत्रित गर्ने सरकारको योजना छ । उनले भने, ‘विदेशको लगानी ल्याउने र स्वेदशी लगानीकर्ताका लागि सहजकर्ता बन्ने उपाय हेर्दै छौं ।’ डा. महतले सरकारले स्रोत सिमितताका बाबजुद दिएको सुविधाको लाभ निजी क्षेत्रले लिन नसकेको गुनासो पनि गरे।

‘परिसंघले घोषणा गरेका विषय कहाँ सम्बोधन गर्न सक्छौं,’ उनले भने, ‘सरकार कसरी सहयोग बन्न सक्छ गम्भीरतापूर्व लिन्छौं ।’ मन्त्री डा. महतले औद्योगिक पार्क प्रभावकारी हुन नसकेको बताउँदै निजी क्षेत्रको साझेदारी हरने विषयमा आफू गम्भीर रहेको दाबी गरे । ‘सरकारको लक्ष्य अथतन्त्रको आकार बढाउने र त्यो क्रममा नागरिको क्षमता बढाउने हो,’ उनले थपे ‘यसका लागि जे जस्तो काम गर्नुपर्छ, गर्छौं । बजेटको नजिक भएकाले समस्याको गहिराई गएर हल गर्न समय थोरै छ ।’

नेपालभित्रै उपभोग गर्ने, धेरै प्रविधिको आवश्यक नपर्ने प्रशस्तै क्षेत्र रहेको बताउँदै उनले हार्डवेयरसँगै सफ्टवेयरमा पनि मेक इन नेपाल अभियान चलाउनुपर्ने बताए । ‘भौतिक रुपमा नदेखिन सक्छन्, तर सफ्टवेयर पनि नेपालमै बनेका हुन्,’ उनले थपे, ‘सफ्टवेयरलाई आन्तरिक रुपमा उपयोग र निर्यात पनि गर्छ सक्छौं ।’

डा. महतले स्वदेशी उपयोगका वस्तुसँगै निर्यातका क्षेत्रलाई पनि समेटेर रोडम्याप बनाउन परिसंघलाई आग्रह गरे । उनले भने, ‘अप्ठ्यारा र सम्भावना तपाईंहरुलाई नै थाहा छ । हामीले सहजीकरण गर्ने र प्रोत्साहन दिने हो । एउटै लक्ष्य हो, स्वदेशी व्यवसाय विस्तार होस् आयात प्रतिस्थापन गर्न सकौं र निर्भरता घटाऔं ।’

‘आर्थिक समृद्धिको आधार, औद्योगिक पूर्वाधार’ मुल नारासहित सम्मेलन आयोजना भएको हो । सम्मेलनमा ४ छलफल सत्र आयोजना गरिएको थियो । परिसंघका उपाध्यक्ष हेमराज ढकालले सम्मेलनको २१ बुँदे घोषणापत्र बाचन गर्दै गर्दै अभियानको मुख्य उद्देश्य स्वेदशी उत्पादनलाई हरेक नेपालीको पहिलो रोजाइ बनाउन परिसंघले विशेष पहल गर्ने, नेपाली वस्तुलाई विश्व बजारमा पहुँच पुर्‍याउन पहल गर्ने रहेको जानकारी दिए । अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै आत्मनिर्भरउन्मखु बनाउन औद्योगिक विकासको टड्कारो आवश्यकताबोध पछिल्ला केही वर्षयताका विभिन्न आन्तरिक र विश्वव्यापी आर्थिक उतारचढावले राम्रोसँग गराइसकेको उनको धारणा छ ।

उद्घाटन र समापन समारोहबाहेक ४ विशेष विषयवस्तुमा केन्द्रित प्लेनरी सेसनहरुमा सत्रमा छलफल भएको विषयमा आधारित घोषणापत्र परिसंघका अध्यक्ष विष्णूकुमार अग्रवालले अर्थमन्त्री डा महतलाई हस्तान्तरण गरेका छन् । परिसंघले स्वदेशीः मेक इन नेपाल अभियान मुख्यतः वर्षमा डेढ लाख रोजगारी सिर्जना गर्ने, मुलुकमा उत्पादनमुलक १ हजार उद्योग दर्ता गर्ने, आयात निर्यात अन्तर कम गन निर्यात उल्लेखनीय दरले बढाउने, कुल गार्हस्थ उत्पादनमा योगदान बढाउने गरी ४ मुख्य अपेक्षासहित सुरु गरेको हो ।

समापन समारोहमा परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी अभियानलाई सेन्सिटाइज गर्न, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुधार गर्नुपर्ने नीतिगत एवं व्यवहारिक पक्षका विषयमा सम्मेलन महत्त्वपूर्ण रहेको बताए । स्वदेशी अभियानले औद्योगीकरणका लागि बलियो जग बसाल्ने अभिप्राय राखेको छ’ उनले भने–‘यसमा नेपाल सरकार, सम्पूर्ण सरोकारवालाहरू, आम उपभोक्ता र उद्योगीको सहयोग आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL