Logo

मेलम्चीको पानी वितरण आजदेखि बन्द, उपकरण जडान तथा मर्मतसम्भारपछि पुनः सञ्चालनमा आउने

मेलम्चीको पानी वितरण आजदेखि बन्द, उपकरण जडान तथा मर्मतसम्भारपछि पुनः सञ्चालनमा आउने



काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि दुुई हप्ताको लागि मेलम्चीको पानी वितरण बन्द भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

laxmi

आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाण्डौ उपत्यकामा वितरण गरिएको थियो ।

तर २०७८ जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढी/पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मर्मत सम्भार गरेर फेरि २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसपछिको वर्षामा बन्द गरिएको पानी वितरण गएको मंसिरदेखि फेरि सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL