Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको हो ।

यहि वैशाख २० पक्राउ पुर्जी जारी भएदेखि नै रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा सहभागी भएर काठमाडौँ आउने भन्दै रुपन्देहीबाट उनी सम्पर्कविहिन बनेका थिए ।

सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणको प्रमुख योजनाकार रहेको प्रहरीको दाबि रहेको छ ।

एमाले सचिव समेत रहेका रायमाझीलाई पार्टीले यसअघि नै निलम्बन गर्दै अनुसन्धानमा सहयोग गर्ने निर्देशन दिएको थियो ।

प्रेस विज्ञप्ति

फरार प्रतिवादी टोपबहादुर रायमाझी पक्राउ

भुटानी शरणार्थी प्रकरणमा ठगी तथा संगठित अपराधमा पक्राउ पुर्जी जारी भएका सांसद टोपबहादुर रायमाझीलाई आज मिति २०८०र०१र३१ गते पासिकोट बूढानीलकण्ठ काठमाडौंबाट पक्राउ गरिएको ।

सूचना अधिकृत
प्रउ सिताराम रिजाल
जिल्ला प्रहरी परिसर, टेकु काठमाण्डौ

प्रतिक्रिया दिनुहोस्
MBL