Logo

प्रि बजेट छलफल : राष्ट्रियसभामा छलफल सकियो, अर्थमन्त्रीले आज प्रतिनिधिसभामा जवाफ दिने

प्रि बजेट छलफल : राष्ट्रियसभामा छलफल सकियो, अर्थमन्त्रीले आज प्रतिनिधिसभामा जवाफ दिने



काठमाडौं । आज प्रि बजेटका बारेमा सांसदहरुले राखेका धारणाका बारेमा अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिदैँछन् । गत आइतवार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

laxmi

गत बैशाख २५ देखी प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदहरुले आा–आफनो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌सदहरुले उठाएका सवालको जवाफहरु भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए । गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रवार र शनिवार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भईसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथमिकताका बारेमा छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL