Logo

काठमाडौं महानगरपालिकाले १५ एम्बुलेन्स खटायो, मेयर शाहले गरे उपचार खर्च बेहोर्ने घोषणा

काठमाडौं महानगरपालिकाले १५ एम्बुलेन्स खटायो, मेयर शाहले गरे उपचार खर्च बेहोर्ने घोषणा



काठमाडौं। जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उद्धार गर्न काठमाडौँ महानगरपालिकाले १५ वटा एम्बुलेन्स परिचालन गरेको छ।

कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार घाइतेलाई छिटो अस्पताल पुर्याउन एम्बुलेन्ससँगै नगर प्रहरीसमेत खटाइएको छ। आजको प्रदर्शनमा सुरक्षाकर्मीको गोली प्रहार र लाठीचार्जपछि केही प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

घाइतेहरूको उपचार सिभिल अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताललगायत स्थानमा भइरहेको छ। शय्या अभावका कारण उपचारमा समस्या बढेपछि मेयर बालेन्द्र शाहको निर्देशनमा कामपाले बिरामीलाई अस्पताल पुर्याउने र आवश्यक परे उपचार खर्चसमेत बेहोर्ने जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले बानेश्वर, मध्यबानेश्वर, माइतीघर र शङ्खमुख क्षेत्रमा कर्फ्यू आदेश जारी गरे पनि जेन–जी युवाहरूले अवज्ञा गर्दै प्रदर्शन जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्