Logo

निर्यात प्रर्वद्धन समितिको सभापतिमा नरेशलाल श्रेष्ठ, निर्यात क्षेत्रमा ३ दशकको अनुभव

निर्यात प्रर्वद्धन समितिको सभापतिमा नरेशलाल श्रेष्ठ, निर्यात क्षेत्रमा ३ दशकको अनुभव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रर्वद्धन समितिको सभापतिमा नरेशलाल श्रेष्ठ चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रेष्ठलाई निर्यात समितिको सभापतिमा चयन गरेका हुन् ।

laxmi

नेपालको निर्यात क्षेत्रमा ३ दशकदेखि सक्रिय श्रेष्ठ वस्तुगत तर्फबाट दुबै कार्यकाल सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । उनी महासंघको ५४ औं र ५७ औं साधारणसभा तथा निर्वाचनमा वस्तुगत तर्फबाट सदस्यमा म्यान अफ दि इलेक्सन बनेका थिए । श्रेष्ठसँग यसअघि पनि महासंघको निर्यात प्रर्वद्धन समितिमा सहसभापतिको रुपमा काम गरेको अनुभव छ ।

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्ष समेत रहेका श्रेष्ठले ऊनी फेल्ट तथा नेपाली मौलिक वस्तुहरु निर्यात गरी विदेशी मुद्रा भित्र्याउँदै आएका छन् । नेपाल जर्मन चेम्बर अफ कमर्स र नेपाल निर्यात परिषद्को उपाध्यक्ष रहेका श्रेष्ठको हस्पिटालिटी, जलविद्युतलगायत एक दर्जन कम्पनीमा लगानी रहेको छ ।

सभापतिमा श्रेष्ठको चयनसँगै नेपाली वस्तुहरुको निर्यात प्रर्वद्धन तथा महासंघको छवि र प्रतिस्ठालाई अझ बढी सशक्त रुपमा अघि बढाउन सहयोग पुग्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । साथै उक्त समितिबाट प्रभावकारी रुपमा काम हुने समेत ढकालको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL