Logo

उत्पादनमुलक उद्योगमा ५० प्रतिशतले घट्यो लगानी, अवसर भएपनि देखिएन लगानी आकर्षण

उत्पादनमुलक उद्योगमा ५० प्रतिशतले घट्यो लगानी, अवसर भएपनि देखिएन लगानी आकर्षण



काठमाडौं । नेपलमा वस्तु आयातको परिमाण हेर्ने हो भने उत्पादनकमुलक क्षेत्रमा अवसरै–अवसर छ । किनकि आयात हुने वस्तु स्वदेशमै उत्पादन गर्न सके त्यसले सहजै बजार पाउन सक्छ । तर, वस्तुको उच्च आयात भइरहँदा पनि उत्पादनमुलक क्षेत्रमा लगानीका लागि भने आकर्षण भने एकदमै कमजोर रहेको देखिएको छ । सरकारले उत्पादनमुलक उद्योगमा लागनकिा लागि आह्वान गरिरहँदा र उद्योगी व्यवसायीहरुले पनि यस्ता क्षेत्रमा लगानी बढाउने बताइरहेपनि उत्पादन क्षेत्रमा लगानी भने घट्दो क्रममा छ ।

laxmi

उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक बर्षको ९ महिना अर्थात गत साउनदेखि चैत मसान्तसम्म उत्पादनमुलक क्षेत्रको लगानी प्रतिवद्धतामा मात्रै ५० प्रतिशत बढीको गिरावट आएको छ । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा यो क्षेत्रका चालु आवमा ठुलो गिरावट आएको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक बर्षको पहिलो ९ महिनामा उत्पादनमुलक क्षेत्रका ९३ परियोजनामा ५९ अर्ब १७ करोड ३८ लाख रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको थियो । तर, यो बर्ष उक्त लगानी प्रतिवद्धता घटेर २९ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ मात्रै पुगेको हो । यो लगानी गत आवको सोही अवधिको तुलनामा २९ अर्ब २७ करोड ४७ लाख रुपैयाँले कम हो ।

चालु आवको ९ महिनामा नेपालमा उत्पादनमुलक उद्योगमार्फत आएको लगानी प्रतिवद्धतामध्ये ठुला ९ परियोजनामार्फत १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । यस्तै यसै अवधिमा मझौला उद्योगका २६ परियोजनामार्फत १० अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा खुद्रे मानिने साना ४६ परियोजनामार्फत ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

चालु आर्थिक बर्षको ९ महिनामा उत्पादनमुलक क्षेत्रमा आएको लगानी प्रतिवद्धतामार्फत बार्षिक ७ हजार ३ सय ४९ जनाले रोजगारी पाउने बताईएको छ । यसरी आएको प्रतिवद्धतामध्ये धेरैजसो परियोजनाहरु खाद्य पदार्थ र निर्माण सामग्री उत्पादनमा केन्द्रित छन् । अर्थात धेरैजसो परियोजनाहरु कुकिज, विस्कुट, चाउचाउ, चिउरा, कोल्ड ड्रिंक्सलगायत निर्माण गर्ने छन् । यस्तै केही परियोजनाहरु भने खानेतेल उत्पादन गर्ने, मोटरसाइकल उत्पादन गर्ने चिउरा बनाउने, खरिढुंगा उत्पादन गर्ने लगायतका छन् ।

यस्तै यस अवधिमा उत्पादनमुलक क्षेत्रमा आएका ठुला ९ उद्योगका परियोजनामध्ये ५ परियोजना त निर्माण सामग्री उत्पादन गर्ने परियोजना छन् । यस्तै बाँकी ३ कम्पनी खाद्य पदार्थ उत्पादन गर्ने र एउटा कम्पनी भने औषधि उत्पादन गर्ने कम्पनी उद्योग विभागका दर्ता भएका छन् ।

चालु आवको ९ महिनामा उत्पादनमुलक क्षेत्रमा आउने लगानी प्रतिवद्धतामै देखिएको गिरावटले नेपालमा स्थापना हुने उद्योगको चित्र प्रस्तुत गर्दछ । एकातिर नेपालमा वस्तु उत्पादन न्युन र त्यसैमाथि उद्योग स्थापनामा पनि आकर्षण नबढ्दा नेपालले बर्षेनी खर्बौंको वैदेशिक व्यापारघाटा व्यहोर्दै आएको छ । यता उद्योग क्षेत्रमै आउने वैदेशिक लगानी प्रतिवद्धताको कुरा गर्दा पनि उत्पादकमुलक क्षेत्रमा चालु आवको ९ महिनामा गत आवको सोही अवधिको तुलनामा त्यसैअनुसार गिरावट आएको देखिन्छ । यसले पछिल्लो समय सरकारले नेपालमा उद्योगक्षेत्रमा लगानी ल्याउन प्रयास गरिरहँदा पनि सोही अनुसार स्वदेशी र विदेशी लगानीकर्ता नै आकर्षित नभएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL