Logo

मिटर ब्याजपीडितको आन्दोलन फिर्ता, सरकारसँग ५ बुँदे सहमति (पत्रसहित)

मिटर ब्याजपीडितको आन्दोलन फिर्ता, सरकारसँग ५ बुँदे सहमति (पत्रसहित)



काठमाडौँ । मिटरब्याज पीडितहको आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तापछि पीडितहरुले आन्दोलन रोक्न सहमति जनाएका हुन् ।

laxmi

सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो । सरकार र पीडितबीच पाँच बुँदे सहमति भएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव प्रदीप कोइराला, उपसचिव जंगबहादुर डाँगी, उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक दिनेराज मैनाली र उपसचिव दिलकुमार तामाङले हस्ताक्षर गरेका छन् ।

यस्तै, पीडितको तर्फबाट वार्ता समितिका संयोजक मनोज पासवान तथा सदस्यहरु श्यामकुमार चौधरी, सङ्घर्ष दाहाल, रामरिझन यादव र छेदिलाल पासवानले हस्ताक्षर गरेका छन् । सरकारले समस्याको समाधान नगरेको भन्दै महोत्तरीबाट १२ दिन हिँडेर गएको आइतवार काठमाडौँ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL