Logo

विदेशी पर्यटकले अब नेपालमा एक्लै ट्रेकिङ गर्न नपाउने, सरकारी लाइसेन्स प्राप्त गाइड अनिवार्य

विदेशी पर्यटकले अब नेपालमा एक्लै ट्रेकिङ गर्न नपाउने, सरकारी लाइसेन्स प्राप्त गाइड अनिवार्य



काठमाडौँ । विदेशी पर्यटकहरुले शनिबारदेखि नेपालमा एक्लै पदयात्रा (ट्रेकिङ) गर्न नपाउने भएका छन् । यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा नेपाल पर्यटन बोर्डले आजदेखि एकल यात्रा अनुमति स्थगित गरेको हो ।

laxmi

बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पदयात्रा सूचना व्यवस्थापन प्रणाली ९टिम्स० का केही प्रावधानहरू परिमार्जन गरेको छ । ट्रेकिङका लागि एक्लै हिँड्ने गरेका विदेशी पर्यटक पछिल्लो समय बेपत्ता हुने वा मृत अवस्थामा फेला पर्ने गरेपछि सरकारले सरकारी लाइसेन्स प्राप्त ट्रेकिङ गाइडको सेवा र नेपाल सरकारमा दर्ता भएका आधिकारिक ट्रेकिङ एजेन्सीबाट टिम्सकार्ड नलिई पदयात्रा गर्न नपाउने व्यवस्थालाई कार्यान्वयन गरेको हो ।

अब नेपालमा गन्तव्यमा यात्रा गर्दा साथमा नेपाली पथप्रदर्शक अनिवार्य हुनुपर्ने पर्यटन विभागका निर्देशक मणिराज लामिछानेले जानकारी दिएका छन् । पर्यटकहरूको सुरक्षालाई ध्यान दिएर विना पथ प्रदर्शक पदयात्रामा जान नपाउने व्यवस्था गरेको उनले बताएका छन् ।

एकल यात्रा अनुमति बन्द गर्दा पर्यटकको कुनै पनि आपतकालीन अवस्थामा उद्धार गर्न सहयोग पुग्ने तथा पथ प्रदर्शकका लागि ठूलो संख्यामा रोजगारी सिर्जना हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL