Logo

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित, कति पाए मतभार ?

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित, कति पाए मतभार ?



काठमाडौं । नेपालको उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा उनी ३० हजार ३ सय २८ मतभारका साथ निर्वाचित भएका हुन् । निर्वाचनमा उनीसहित एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दर्ता गरेका थिए । यादव दुबै महिला उम्मेदवारलाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेता हुन्। उनले आजको निर्वाचनमा संघीय सांसद तर्फ १ सय ८४ को मतभार १४ हजार ५ सय ३६ र प्रदेश सभाको मत ३ सय २९ को मतभार १५ हजार ७ सय ९२ पाएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL