Logo

हेटौंडामा विद्युतीय तार भूमिगत गरिने, नगर क्षेत्रबाट बिस्तारै खम्बा र तार विस्थापित गरिने

हेटौंडामा विद्युतीय तार भूमिगत गरिने, नगर क्षेत्रबाट बिस्तारै खम्बा र तार विस्थापित गरिने



काठमाडौं। बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको विद्युतीय तारलाई भूमिगत गर्ने निर्णय गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको २० औं कार्यपालिका बैठकले यहाँको मुख्य बजार क्षेत्रका खम्बामा रहेका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै हेटौँडा नगर क्षेत्रबाट बिस्तारै खम्बा र तार विस्थापित गरिने बताइएको छ ।

उपमहानगरपालिकाअनुसार वडा नं १, २, ४, ५ र १० का विभिन्न स्थानका खम्बामा रहेका तारलाई भूमिगत गरिने छ । तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई कार्यपालिकाको बैठकले गरेको निर्णयसँगै सिफारिसपत्र समेत पठाउने तयारी रहेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL