Logo

सासायनिक मलमा दिँदै आएको अनुदान कटौति, मूल्य ८० प्रतिशतसम्म बढ्यो

सासायनिक मलमा दिँदै आएको अनुदान कटौति, मूल्य ८० प्रतिशतसम्म बढ्यो



काठमाडौं । रासायनिक मलको मूल्य बढेको छ । सरकारले यसको मूल्यमा दिँदै आएको अनुदान कटौति गरेसँगै नेपाली बजारमा यसको मूल्य बढेको हो । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महंगो भएको छ ।

laxmi

यसअघि बजारमा प्रतिकिलो १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास किन्न पाइन्थ्यो । अनुदान घटाएसँगै युरिया मलको मूल्य ७८.५७ प्रतिशतले बढ्ने भएको छ ।

सरकारले यसअघि मलमा समग्रमा ७० प्रतिशत अनुदान दिँदै आएको थियो । गत २६ गते बसेको मन्त्रालयको बैठकले अब मलको अनुदानमा ११.७८ प्रतिशत कटौति गरेर ५९.४ प्रतिशत पुर्याउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL