Logo

नेपालको कुल निर्यात व्यापारमा ६१ प्रतिशत हिस्सा १० वस्तुको, के-के गर्छ नेपालले निर्यात ?

नेपालको कुल निर्यात व्यापारमा ६१ प्रतिशत हिस्सा १० वस्तुको, के-के गर्छ नेपालले निर्यात ?



काठमाडौं । नेपालले बार्षिक खर्वाैं रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरिरहेको छ । न्यून औद्योगिक उत्पादन र खपत उच्च हुँदा नेपालमा उपभोग हुने धेरैजसो वस्तुहरु विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । जसका कारण नेपालले बार्षिक नेपालको बजेटको आकार बराबरकै व्यापारघाटा व्यहोर्दै आइरहेको छ ।

laxmi

नेपालले गर्ने वैदेशिक व्यापारमा आयातको हिस्सा २० औं खर्ब हाहारीमा पुग्दा निर्यातको हिस्सा एकदमै कम छ । अझ नेपालका धेरैजसो निर्यातकर्ताहरुले अवैधानिक च्यानलबाट गर्ने निर्यात र विदेशी कच्चापदार्थ ल्याएर सामान्य भ्यालु एड गरी वस्तु निर्यात गर्ने प्रवृत्तिले पनि नेपालको व्यापारघाटामा थप योगदान पुर्याईरहेको छ । यसैका कारण नेपालले चालु आर्थिक बर्षको पहिलो ७ महिना अर्थात माघ मसान्तसम्म ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा जम्मा ९३ अर्ब ४३ लाख रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ ।

यसरी नेपालले गर्ने निर्यात व्यापारमा उच्च निर्यात हुने १० वस्तुले मात्रै कुल निर्यातको ६१ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ७ महिनामा उच्च निर्यात भएका १० वस्तुहरुले मात्रै ५७ अर्ब २२ करोड रुपैयाँ बराबरको योगदान गरेका छन् । जुन कुल निर्यातको ६१ प्रतिशत हुन आउँछ । पछिल्लो समय नेपालले गर्ने निर्यातको व्यापारमा सबैभन्दा बढी हिस्सा खानेतेलको हुने
गरेको छ ।

जुन नेपालले उच्च निर्यात गर्ने १० वस्तुको पहिलो स्थानमा पर्छ । पछिल्लो ४ बर्षको आयात निर्यातको तथ्यांकलाई नियाल्दा खानेतेलको निर्यातले नेपालको निर्यात व्यापारमा सबैभन्दा बढी योगदान दिँदै आएको देखिन्छ । तर, अव भने यो शिलशिला तोडिने अवस्थामा छ । भारतमा खानेतेलको कच्चा पदार्थको उच्च भन्सारदर भएको फाईदा उठाउँदै नेपाली तेल प्रशोधनकर्ताहरुले विदेशबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरी भारत निर्यात गर्ने गरेका थिए । अव भने भारतले पनि खानेतेलको कच्चा पदार्थको भन्सारदर शुन्य गरिदिएपछि नेपाली उद्योगीहरु धरापमा परेका छन् र नेपालबाट हुने खानेतेलेको निर्यात घट्दै गएको छ ।

सोही अनुसार चालु आवको निर्यात व्यापारमा करिव १५ प्रतिशत योगदान गरेको पाम तेलको निर्यात गत आवको सोही अवधिको तुलनामा ५९.२ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । गत आवको माघ मसान्तसम्म नेपालले ३४ अर्ब १५ करोड ५५ लाख रुपैयाँ बराबरको पाम तेल निकासी गरेकोमा यो बर्ष उक्त निकासी घटेर १३ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ पुगेको छ । तर, पनि पाम तेल उच्च निर्यात हुने वस्तुको पहिलो स्थानमै छ । यस्तै यस अवधिसम्म आईपुग्दा सोयावीन तेलको निकासी पनि ७७ प्रतिशतले घटेको छ ।

नेपालको कुल निर्यात व्यापारमा योगदान पुर्याउने वस्तुमध्ये दोस्रो स्थानमा रहेको सोयावीन तेलको हिस्सा करिव ९ प्रतिशत छ । यस्तै नेपालको निर्यात व्यापारमा उनको गलैंचाको ७ प्रतिशत, पोलीस्टर धागोको ६.४ प्रतिशत, अलैंचीको ५.२ प्रतिशत, जुटका सामानको ४.७ प्रतिशत योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL