Logo

शोधनान्तर स्थितिमा उच्च सुधार, विदेशी मुद्रा संचिति बढ्दा १०.८ महिनाको आयात धान्ने

शोधनान्तर स्थितिमा उच्च सुधार, विदेशी मुद्रा संचिति बढ्दा १०.८ महिनाको आयात धान्ने



काठमाडौं । देशको शोधनान्तर स्थितिमा उच्च सुधार आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनामा सोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । तर अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

laxmi

पछिल्लो समय देशमा भित्र्ने रेमिटान्समा आएको उच्च सुधार तथा राष्ट्र बैंकले आयातमा गरेको कडाईका कारण शोधनान्तर स्थितिमा सुधार आएको हो । चालू आबको ७ महिनामा नेपाल भित्र्ने रेमिटान्समा २७ प्रतिशतले वृद्धि भएको छ भने डलरको मूल्य बढ्द त्यसले अझै बढी सकारात्मक प्रभाव पारेको सम्बद्ध अर्थविद्हरु बताउँछन् ।

यसैगरी सो अबधिमा विदेशी मुद्रा संचितीमा समेत १३.८ प्रतिशतले सुधार आएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०७९ माघ मसान्तमा बढेर १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

विदेशी मुद्रा संचितीमा सुधार आउँदा नेपालको आयात गर्ने क्षमतामा समेत उच्च सुधार आएको छ । आर्थिक वर्ष २०७९÷८० को सात महिनाको आयातलाई आधार मान्दा १०.८ महिनाको वस्तु र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा संचिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL