Logo

रेमिटान्स आप्रवाहमा उच्च सुधार, दैनिक सवा ३ अर्ब रकम नेपाल भित्रदै

रेमिटान्स आप्रवाहमा उच्च सुधार, दैनिक सवा ३ अर्ब रकम नेपाल भित्रदै



काठमाडौं । पछिल्लो समय नेपालमा भित्रने विप्रेषणमा उच्च सुधार आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो ७ महिनाको तथ्यांकअनुसार सोअबधिमा ६ अर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ भित्रिएको हो ।

laxmi

सो अबधिमा नेपालमा भित्रने रेमिटान्समा २७.१ प्रतिशतले वृद्धि भएको छ । तर गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा दैनिक ३ अर्ब २८ करोड रुपैयाँ रेमिटान्स भित्र्दै आएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उच्च वृद्धि भएसँगै नेपालमा भित्र्ने रेमिटान्समा उच्च सुधार आएको हो ।

पछिल्लो समय खाडी मलेसियाका साथै बढी नेपाली कामदार रहेको कोरिया, अष्ट्रेलिया, अमेरिकाजस्ता मुलुकमा नेपाली रेमिट कम्पनीहरुले आफ्नो संजाल विस्तार गरी बैधानिक प्रणालीबाट रेमिटान्स भित्र्याउन थालेसँगै सुधार आएको सम्बद्ध रेमिट कम्पनीहरु बताउँछन् ।

यसैगरी वैदेशिक रोजगारीमा जाने कामदार पनि समीक्षा अवधिमा ५७।३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL