Logo

नारी दिवस : नेपाली इतिहासमा पहिलोपल्ट महिला क्रु–मेम्बरहरुले मात्रै अन्तरराष्ट्रिय उडान भरे

नारी दिवस : नेपाली इतिहासमा पहिलोपल्ट महिला क्रु–मेम्बरहरुले मात्रै अन्तरराष्ट्रिय उडान भरे



काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समुहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफ्नो बिमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेको जानकारी दिएको छ ।

यूएईबाट काठमाडौंका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहासका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नाइन एन एकेएक्स जहाजको कमाण्ड पाइलट भावना गिरी पन्तले गरेकी छिन भने को–पाइलटमा श्रृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगिता केसी र अनिशा प्रजापति रहेका छन्।

यसअघि दुबइ काठमाडौंका लागि यसअघि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए । त सबै क्रु–मेम्बर महिला मात्रै भएर अन्तर्राष्टिय उडान भरेको भने यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्
MBL