Logo

दुई महिना अघिकै अवस्थामा पुग्यो सुनको मूल्य, सुनमा अहिले लगानी गर्नु कति उपयुक्त ?

दुई महिना अघिकै अवस्थामा पुग्यो सुनको मूल्य, सुनमा अहिले लगानी गर्नु कति उपयुक्त ?



काठमाडौं । पछिल्लो समय विश्व बजारमै अमेरिकी डलरको उत्तारचढावका कारण पहेँलो धातु सुनको मूल्यमा पनि उच्च उत्तारचढाव आइरहेको छ । विश्व बजारमा सुनको मूल्यको हिसावकिताव राख्ने गोल्ड प्राईसका अनुसार एक महिनाकै अवधिमा सुनको मूल्यमा १ सय डलर बराबरले उत्तारचढाव आएको देखिन्छ ।

laxmi

जसका कारण गएको फेब्रुअरी २ अर्थात माघ १९ गते विश्व बजारमा सुनको मूल्य प्रति औंस १ हजार ९ सय ५२.६६ डलर पुगेको थियो । त्यस दिन नेपाली बजारमा पनि सुनको मूल्य बढेर हालसम्मकै उच्च प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

अमेरिकी केन्द्रिय बैंक फेडले बढाएको ब्याजदरका कारण विश्वबजारमा डलरको मूल्यमा उच्च उत्तारचढाव देखियो । जसका कारण यो समयमा सुनको मूल्यमा पनि उच्च वृद्धि भएको विज्ञहरु बताउँछन् । माघ १९ यता भने डलरको मूल्यमा सहजीकरण भएसँगै सुनको मूल्यमा पनि गिरावट आइरहेको छ । सोही दिनदेखि सुनको मूल्य ओरालो लाग्दा गएको फेब्रुअरी २४ अर्थात फागुन १२ गते पछिल्लो २ महिनाकै न्यून विन्दु प्रतिऔंस १ हजार ८ सय ११ डलरमा पुगेको थियो ।

सोही दिनदेखि पुनः सुनको मूल्य उकालो लाग्ने क्रममा छ । आइतबार विश्वबजारमा सुन प्रतिऔंस १ हजार ८ सय ३० डलरको आसपासमा कारोबार भइरहेको छ भने नेपाली बजारमा यसको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढी हो ।

सुनमा लगानी गर्ने कि झिक्ने ?

सुनचाँदी व्यवसायका विज्ञहरु अनुसार यो समयमा सुनमा गरिएको लगानी झिक्नु पछुतो हुने बताउँछन् । अमेरिकी डलरको मूल्यमा पछिल्लो समय केहि सहजता देखिएपनि यसमार्फत नाफा कमाउने प्रक्रिया यो हप्ता पनि जारी रहनसक्ने उनिहरुको भनाई छ । डलरको मूल्यबाट नाफा कमाउने प्रक्रियाको चक्र सुनको मूल्यमा पनि हुने भएकाले सुनमा गरिएको लगानी अझै एक हप्ता सुरक्षित रहने बताईएको छ ।

गएको फेब्रुअरी २४ देखि पुनः सुनको मूल्य उकालो लाग्नुले डलरमार्फत फाइदा कमाउनेको संख्यामा वृद्धि भएको अनुमान विज्ञहरुको छ । जसअनुसार यसको असर सुनको मूल्यवृद्धिमा पनि परेपनि त्यसयता झिनो अंकले भएपनि सुनको मूल्य बढिरहेको छ । गत फेब्रुअरी २४ यता मात्रै विश्व बजारमा सुनको मूल्य प्रतिऔंस ४५ डलरले बढिसकेको छ ।

तर, यो समय सुनमा नयाँ लगानी गर्नेहरुका लागि पनि फाइदाजनक रहेको बताइएको छ । विश्वबजारमा सुन खासगरी गरगहना, सजावटका सामग्री र औषधिय प्रयोजनका लागि आवश्यक मानिन्छ । तर, हाल सुनको मूख्य बजार भने भारत, नेपाललगायत केहि एशियाली मुलुकलाई मानिन्छ । यी देशमा गरगहना बनाउन अधिक मात्रामा सुन खपत हुने तथ्यांकहरुमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL