Logo

घट्दै सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्दै सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । पछिल्लो समय नेपाली बजारमा झिनो अंकमै भएपनि सुनको मूल्य लगातार ओरालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

laxmi

गत शुक्रबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख २ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँ पुगेको छ । गत शुक्रबार नेपालमा चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL