Logo

एमाले तत्काल सरकारबाट नबाहिरिने, प्रचण्डले सहमति पालना गर्नेमा ओली अझै ढुक्क

एमाले तत्काल सरकारबाट नबाहिरिने, प्रचण्डले सहमति पालना गर्नेमा ओली अझै ढुक्क



काठमाडौं । नेकपा एमालेले फागुन २५ सम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नछाड्ने निर्णय लिएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले तत्काल सरकार नछाड्ने र राष्ट्रपति निर्वाचनसम्म कुर्ने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

laxmi

‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं,’ उनले पत्रकार सम्मेलनमा भने । राष्ट्रपतिमा पुस १० मा भएको सहमति पालनका लागि एमालेले पहल गर्ने गरी अहिले नै सरकारबाट नबाहिरिने निर्णय गरेको उनले बताएका छन् । एमालेले राष्ट्रपतिको उम्मेदवारमा सुवास नेम्वाङलाई अघि सारेको छ ।

उनले कांग्रेस बाहेक सबै दललाई एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई मत माग्न पत्राचार समेत गर्ने जानकारी गराएका छन् । शुक्रबार राति मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलीय गठबन्धनका नेताहरू जम्मा भएर कांगेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने समझदारी भएको थियो । कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराउने औपचारिक निर्णय गरिसकेको छ ।

प्रचण्डजीले पुस १० को सहमति अनुसार भोट हाल्नु हुन्छ : केपी ओली

‘ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार, माओवादीले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई भोट हाल्ने प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपतिको उम्मेदवार तय गर्न बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) कलठा अध्यक्ष पुष्पकमल दाहालले अप्ठ्यारो भएको बताए पनि एमाले उम्मेदवारलाई भोट हाल्ने उनको भनाइ थियो ।

एमाले अध्यक्ष ओलीले भने, ‘प्रचण्डजीले मलाई के–के अप्ठ्यारो पर्‍यो, दबाब पर्‍यो भनिराख्नु भएको छ । तर, उहाँले सम्झौताअनुसार भोट हाल्नु हुन्छ भन्ने हामीलाई लगभग एकिनै छ ।’ गत पुस १० गते एमाले र माओवादी लगायतका सत्तारुढ गठबन्धनबीच एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो । त्यहि सहमतिअनुसार, राष्ट्रपतिको निर्वाचनका लागि एमालेले उम्मेदवार तय गरेको ओलीको भनाइ थियो ।

सत्तारुढ गठबन्धन भत्किएर बनेको आठ दलको गठबन्धन कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गसिसक्यो नि भन्ने प्रश्नमा ओली भने, ‘आठ दलको कहाँ समर्थन छ ? चिया खान बोलाएको थियो । चिया खान बोलाएको जति सबै समर्थन हुन्छ ?’राष्ट्रपतिका लागि एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL