Logo

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी (पत्रसहित)

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी (पत्रसहित)



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । रास्वपाको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको हो ।

सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले निर्वाचन आयोगका सचिवलाई सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उम्मेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकाले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको माग गरिएको छ । एक गैरनागरिक उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएको हुन सक्ने भएकाले राष्ट्रिय हितभन्दा बाहिर गइ यस्ता कार्य भएको हुँदा रास्वपा खारेज गर्नुपर्ने उनको तर्क छ ।

यो पार्टी निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको थियो। सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते अनागरिक भएको ठहर गरेको, निजले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णय, निजले गरेको हस्ताक्षर समेत अवैधानिक भएको उजुरीमा लेखिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने काम सम्बन्धी उल्लेख छ । जसमा राष्ट्रविरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्नेसम्बन्धी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This