Logo

सुनको मूल्य उकालो बाटोमा, प्रतितोला १ लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार हुँदै

सुनको मूल्य उकालो बाटोमा, प्रतितोला १ लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार (आज) वृद्धि भएको छ । केही दिनयता उच्च रुपमा वृद्धिसगै रेकर्ड विन्दुमा पुगेको सुनको मूल्यमा केही उतारचढाव देखिएपनि सोमबार सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।

laxmi

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ६ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL