Logo

सिंहदरवारस्थित सर्भरमा समस्या, सबै सरकारी वेवसाइटहरू ‘डाउन’

सिंहदरवारस्थित सर्भरमा समस्या, सबै सरकारी वेवसाइटहरू ‘डाउन’



काठमाडौं । नेपालका सबै सरकारी निकायको वेवसाइट बन्द भएका छन् । सर्भरमा समस्या आएपछि सबै सरकारी निकायका सबै वेवसाइटहरू बन्द भएका हुन् । सिंहदरवारस्थित गृह मन्त्रालयको प्रांगणमा रहेको सर्भर डाउन भएपछि सरकारी निकायका सबै वेवसाइट बन्द भएको स्रोतले जानकारी दिएको छ ।

ह्याक भएको हो वा प्राविधिक कारणले बन्द भएको भन्नेबारे अझै एकीन हुन नसकेको जनाइएको छ । ‘सर्भरमा एक्कासी समस्या आएपछि वेवसाइटहरू नचलेका हुन् । ह्याक भएको हो वा प्राविधिक कारण भएको हो । त्यसबारे अझै अध्ययन भइरहेको छ,’ स्रोतले भन्यो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जीआइबीसीमा समस्या आएको बताएका छन् । उनले प्राविधिकहरू समस्या सुल्झाउन लागिपरेको बताए । ‘बेला बेला समस्या आइरहन्छ । प्राविधिक कारणले समस्या उत्पन्न भएको हो । आधा घण्टामै समस्या समाधान हुन्छ भन्ने खबर आएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL