काठमाडौं । बुधवार नेप्से परिसुचक ५ दशमलव २७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ५८ दशमलव ३८ अंकमा पुगेर बन्द भएको हो । बुधवार बीमा समुहको परिसुचक सबैभन्दा बढी ४८ दशमलव २४ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक १८ दशमलव ८९ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ५ दशमलव १९ अंकले बढेको छ । यता कारोवारमा आएका होटल,जलविद्युत तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः ४७ दशमलव ८, ८ दशमलव २१ र ७ दशमलव २३ अंकले ओरालो लागेको छ । सो दिन १ सय २९ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १३ लाख ४४ हजार कित्ता सेयरबाट ८६ करोड १३ लाख बराबरको कारोबार भएको छ ।