काठमाडौं । नेपाली सेनामा २२ सय भन्दा बढी पदमा भर्ना खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ ।
सेनाको सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार २ सय १४ पदमा भर्ना खुलेको हो । जंगी अड्डा अन्तरगत मात्र विभिन्न ४ सय ४२ पदमा दरखास्त आह्वान गरिएको छ ।
विभिन्न पदका लागि छुट्टा छुटै योग्यताहरु निर्धारण गरिएका छन् । सेनाले सैन्य जवान पदमा १ हजार ५सय ७५ जना माग गरेको छ । त्यसैगरी कुचिकार, ड्राइभर, लोहार, धोबी, केशकर्तक, वेटर, टहलुवा, चर्मकर्मी, सिकर्मी, सयस लगायत पदमा पनि सेनामा जागिर खुलेको छ ।
भर्ती हुन चाहनेले जेठ १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ । सैन्य जवानका लागि कक्षा ८ पास अनिवार्य गरिएको छ ।