Logo

‘७२ जनाको ज्यान जाने गरी भएको यती एयरलाइन्स दुर्घटनाबाट महासंघ मर्माहत’

‘७२ जनाको ज्यान जाने गरी भएको यती एयरलाइन्स दुर्घटनाबाट महासंघ मर्माहत’



काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रलाई नै स्तब्ध बनाई ७२ जनाको ज्यान जाने गरी भएको यती एयरलाइन्स विमान दुर्घटनाबाट मर्माहत भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

‘आन्तरिक उडानतर्फ अहिलेसम्मकै यस ठुलो दुर्घटनाका कारण विभिन्न व्यवसायीक क्षेत्रमा स्थापित स्वेदशी तथा विदेशी व्यक्तित्वहरू समेत गुमाउन पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीक क्षेत्र समेत अत्यन्त दुःखित भएको छ’ महासंघका महासचिव रोशन दाहालद्वारा सोमबार जारी शोक विज्ञप्तिमा भनिएको छ । राष्ट्रिय शोकको यस घडीमा महासंघले दुर्घटनामा परी असमायिक स्वर्गारोहण भएका यात्रु तथा चालकदलका सदस्यको आत्माको चीर शान्तिको कामना गर्दै दिवंगत सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरी शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘पछिल्ला केही वर्षहरूमा आन्तरिक उडानका क्रममा बेला बखत भइरहेका दुर्घटनाले कमजोर आर्थिक अवस्थाबीच पनि फस्टाउँदै गरेको मुलुकको पर्यटन उद्योगमा अत्यन्त प्रतिकूल प्रभाव परी देशको समग्र अर्थतन्त्रमा नै गम्भीर असर पर्ने निश्चित छ ।’

आन्तरिक उड्ययन क्षेत्रलाई भरपर्दो तथा सुरक्षित बनाई भविष्यमा यस किसिमका अत्यन्त त्रासदीपूर्ण घटना दोहरिन नदिनका लागि तत्काल सम्भव भएका सबै उपाय अपनाउनका लागि महासंघले सरकारसहित सम्बन्धित् सबै पक्षसँग माग गरेको छ । साथै दुर्घटनापछि गठित आयोगबाट सत्यतथ्य जाँचबुझ गरी विश्वसनीय प्रतिवेदन सार्वजनिक हुनेमा महासंघ आशावादी रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL