Logo

बाढी पहिरोको विपत्ति ७० वर्षयताकै ठूलो । सरकार भन्छ कुल १९ अर्बको क्षति भयो, ५ सयको मृत्यु, २ लाख जना विस्थापित

बाढी पहिरोको विपत्ति ७० वर्षयताकै ठूलो । सरकार भन्छ कुल १९ अर्बको क्षति भयो, ५ सयको मृत्यु, २ लाख जना विस्थापित



बिजखबर संवाददाता, काठमाडौं । यसवर्ष नेपलालाई प्रकृतिक प्रकोपबाट निकै ठूलो क्षति भएको छ । सरकारका अनुसार बाढी र पहिरोबाट यसवर्ष ७० वर्षयताकै सवैभन्दा ठूलो विपत्ति हो ।

गृह मन्त्रालयले गएको साउन ३२ गतेदेखि मुलुकका विभिन्न भागमा गएको बाढी पहिरोबाट प्रत्यक्ष करिब रु १९ अर्ब  रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । यसवर्ष सिन्धुपाल्चोकको जुरे, सुर्खेत, बदिर्यालगायतका स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति पु¥याएको थियो । कयौंको ज्यान समेत लिएको थियो । उक्त प्राकृतिक प्रकोपबाट ५ सय भन्दा बढीको मृत्यु भएको तथा २ लाख व्यक्ति विस्थापित भएको मन्त्रालयको तथ्यांक छ ।

खासगरी सिन्धुपाल्चोकको जुरे, सुर्खेत र बर्दियामा आएको बाढी पहिरोबाट सडक, जलविद्युत, विद्यालय, अस्पताल, व्यक्तिगत घर खेतलगायत भौतिक पूर्वाधारमा ठूलो क्षति पु¥याएको थियो । त्यस्तै, राजमार्ग तथा सडकहरु समेत अवरुद्ध गरेको थियो । त्यसबाट अप्रत्यक्षरुपमा अर्बौ रुपैयाँ बारबारको क्षति भएको छ । जुरेमा गएको पहिरोका कारण अरनीको राजमार्ग अवरुद्ध हुँदा चीनसँगको व्यापार रोकिएको थियो । यसबाट व्यापारिहरुले करोडौं रुपैयाँ नोक्सान बेहोर्नु परेको थियो । त्यसले मंहगी बढाउनुका साथै सरकारको राजस्व समेत गुमेको थियो । प्राकृतिक प्रकोपबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत असर पर्ने बताइएको छ । सरकारले प्रभावित स्थानमा उद्धार तथा सहयोगको काम भइरहेको जनाएको छ । मन्त्रालयले ३० करोड त्यसतर्फ पठाइसकेको छ ।

प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई राहत दिन सरकारमार्फत व्यक्तिगत, संस्थागत तथा सामूहिकरुपमा सहयोग समेत प्राप्त भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाले पनि प्रकोप पीडितको राहतको लागि पहल गरेका थिए । त्यस्तै, एनसेल, नेपाल टेलिकम, वल्र्डलिंकलगायत कम्पनीहरुले पनि ठूलो रकम सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL