Logo

वर्ल्ड पासपोर्ट र्‍याङकिङ सार्वजनिक : जापानको सबैभन्दा शक्तिशाली, नेपालको १०३ औं स्थानमा

वर्ल्ड पासपोर्ट र्‍याङकिङ सार्वजनिक : जापानको सबैभन्दा शक्तिशाली, नेपालको १०३ औं स्थानमा



काठमाडौं । हेन्ली पासपोर्ट इन्डेक्सले नयाँ वरियता सार्वजनिक गरेको छ । यसले विश्वभरका देशहरूको पासपोर्ट (राहदानी) को शक्ति देखाउँछ । जसमा १९९ देशका राहदानीहरू समावेश छन् । तर धेरै देशहरू एउटै वरियतामा रहेकाले १०९ औँसम्मको र्याङ्किङ जारी गरिएको हो । नयाँ वरियतामा पाकिस्तान विश्वको चौथो सबैभन्दा खराब पासपोर्ट भएको छ ।

सन् २०२२ को वरियतामा पाकिस्तानको स्थानमा कुनै परिवर्तन भएको छैन । गत वर्ष पनि यो विश्वको चौथो सबैभन्दा खराब पासपोर्टको सूचीमा परेको थियो । यो वर्ष पाकिस्तानको वरियतामा १०६ औँ स्थानमा छ । पाकिस्तानी राहदानी धारकहरूले ३२ देशहरूमा भिसा–मुक्त वा भिसा–अन–अराइभल यात्रा गर्न सक्छन् ।

पाकिस्तानपछि सिरिया, इराक र अफगानिस्तान छन् । भारतको वरियताको कुरा गर्ने हो भने गत वर्ष ८७ औं स्थानमा थियो । तर यसपटक भने यसको वरियतामा सुधार हुँदै ८५ औं स्थानमा छ । भारतीय पासपोर्टले ५९ देशहरूमा भिसा फ्रि वा भिसा अन अराइभल यात्रा गर्न अनुमति दिन्छ । यो सूचीमा नेपालको राहदानी प्यालेष्टाइनसँगै १०३ औं स्थानमा रहेको छ । नेपालका राहदानीवहाकले ३८ वटा देशको अनअराइभल भिसा प्राप्त गर्ने प्रतिवेदनमा उल्लेख छ ।

हेन्ली एण्ड स्टार्स लन्डनमास्थित एक वैश्विक नागरिकता र सल्लाहकार फर्म हो । यसको प्रतिवेदन नुसार जापानको राहदानी विश्वको सबैभन्दा शक्तिशाली रहेको छ । यो राहदानी भएका व्यक्तिले भिसा फ्री वा भिसा अन अराइभलमार्फत १९३ देशको यात्रा गर्न सक्छन् । यस सूचीमा एसियाली देशहरू शीर्ष तीन देशहरूमा पर्छन् ।

सबैभन्दा शक्तिशाली पासपोर्ट

सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा तीन एसियाली देशहरू छन् । जापानपछि सिंगापुर र दक्षिण कोरिया छन्, जसको राहदानी धारकले १९२ देशमा सजिलै यात्रा गर्न सक्छन् । त्यसपछि धेरैजसो युरोपेली देशको पासपोर्ट सबैभन्दा शक्तिशाली छ, जर्मन र स्पेनिस पासपोर्ट भएकाले १९० देशमा सजिलै यात्रा गर्न सक्छन् । त्यसपछि लक्जमबर्ग, इटाली र फिनल्याण्ड छन्, जसको राहदानीले १८९ देशहरूमा भिसा–मुक्त यात्रा गर्न अनुमति दिन्छ । पाँचौं नम्बरमा डेनमार्क, स्वीडेन, अस्ट्रिया र नेदरल्याण्ड छन् । जबकि फ्रान्स, आयरल्याण्ड, पोर्चुगल र बेलायत छैठौंमा छन् ।

सबैभन्दा खराब पासपोर्ट

संसारको सबैभन्दा खराब पासपोर्टको कुरा गर्दा, यो अफगानिस्तान हुनुपर्छ । सूचीमा अन्तिम नम्बरमा रहेको अफगानिस्तानमा २७ देशले भिसामुक्त यात्रा गर्न अनुमति दिन्छन् । आईएमएफको तथ्यांक अनुसार कोभिड–१९ महामारी अघि पर्यटन उद्योगले विश्व अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको थियो । यो विश्वको जीडीपीको १० प्रतिशत थियो । तर अहिले विश्वले फेरि बिस्तारै यात्रा बढाइरहेको छ । सूचकांकका अनुसार उद्योग ७५ प्रतिशत पूर्व महामारीको स्तरमा फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL