Logo

GBIME

भोलि सार्बजनिक बिदा हुने गृह मन्त्रालयद्वारा जानकारी, यस्तो छ सूचना

भोलि सार्बजनिक बिदा हुने गृह मन्त्रालयद्वारा जानकारी, यस्तो छ सूचना



काठमाडौँ । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जानकारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको थियो ।

सत्ता साझेदार दल मध्येको एक राप्रपाले सरकारमा सहभागी हुन पुस २७ गते सार्बजनिक बिदा दिनुपर्ने अनिवार्य शर्त राखेको थियो ।

सत्ता साझेदार दलहरुले राप्रपाको माग पुरा गर्नेक्रममा सोमबार नै पुस २७ गते बिदा दिने निर्णय गरेका थिए । सोहि निर्णयलाई सोमबारको मन्त्रिपरिषद बैठकले पनि अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
NBL
NCHL