Logo

एकैदिन १ हजारले बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड नजिक

एकैदिन १ हजारले बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड नजिक



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ पुगेको हो ।

शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको थियो । नेपाली बजारमा सुन हालसम्मकै उच्च २०७८ साउनमा १ लाख ३ हजार ५ सय पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले उकालो लाग्दै १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL