Logo

मन्त्रिपरिषदको निर्णय : अर्थ सचिवमा राय र राजस्वमा घिमिरे

मन्त्रिपरिषदको निर्णय : अर्थ सचिवमा राय र राजस्वमा घिमिरे



काठमाडौं । अर्थमन्त्रालयको अर्थ सचिव र राजस्व सचिव परिवर्तन भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव परिवर्तन गरेको हो ।

मन्त्रिपरिषद बैठकले मन्त्रालयको अर्थसचिवमा तोयम रायलाई नियुक्त गर्दा राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे नियुक्त गरेको छ । यसअघि अर्थसचिव राय उद्योग, वाणिज्य तथा आपूर्ति सचिवमा थिए ।

यस्तै राजस्व सचिव घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । यसअघि अर्थमन्त्रालयमा अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्कर र राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगालले सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL