Logo

विमानस्थल उद्घाटनपछि अर्थमन्त्री पौडेलले भने, ‘पोखरेलीको दशकौंको सपना पुरा भयो’

विमानस्थल उद्घाटनपछि अर्थमन्त्री पौडेलले भने, ‘पोखरेलीको दशकौंको सपना पुरा भयो’



काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन् ।

उनले पोखराका जनताको दशकौंको सपना पूरा भएको बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा बोल्दै उनले विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा पर्यटक बढाउन सहायोग पुग्ने बताएका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उनको भनाइ थियो ।

‘विकास, समृद्धि र सुशासन आजको आवश्यकता हो’, मन्त्री पौडेलले भने । अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उनले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गरे । मन्त्री पौडेलले नव निर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL