Logo

गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मला पन्तलाई न्याय दिलाउने, नागरिकता छानविनमा आफै सहयोग गर्ने

गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मला पन्तलाई न्याय दिलाउने, नागरिकता छानविनमा आफै सहयोग गर्ने



काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल चाल्ने पहिलो निर्णय गरेका छन् । आज मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्दै उनले बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि सक्दो पहल गर्ने बताएका हुन् । यसका लागि आफुलाई सबै अपडेट गराउन गृहसचिव विनोदप्रकाश सिंहलाई उनले निर्देशनसमेत दिएका छन् ।

पदभार ग्रहणकै क्रममा उनले सामाजिक वेथितिविरुद्ध निर्मम भएर काम गर्ने र पदको पुर्ण सम्मानसहित काम गर्ने बताएका छन् । नागरिकता छानविनको बिषयमा उनले उक्त छानविनका लागि आफैले सर्वाेच्च अदालतलाई सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL