Logo

७ लघुबीमा कम्पनीले लाइसेन्स पाउँदै, प्राधिकरणले छनोट गर्याे यी कम्पनी

७ लघुबीमा कम्पनीले लाइसेन्स पाउँदै, प्राधिकरणले छनोट गर्याे यी कम्पनी



काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न ७ कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने भएको छ । प्राधिकरणले आईतबार एक सूचना जारी गर्दै ३ लघु जीवन बीमा र ४ लघु निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी भएको बताएको हो ।

यसअघि प्राधिकरणले भदौ १० गते ३५ दिने सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न ईच्छुक कम्पनीसँग आवेदन माग गरेको थियो । यस अवधिसम्म आवेदन गरेकामध्ये ७ कम्पनी लघुबीमा लाइसेन्सका लागि योग्य भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले लाइसेन्स दिन लागेका कम्पनीको सूचीमा गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, क्रेट माइक्रो लाईफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

यस्तै प्राधिकरणले ट्रस्ट, नेपाल, स्टार र प्रोटेक्टिभ गरी ४ माइक्रो लाईफ इन्स्योरेन्सलाई निर्जीवन लघुबीमातर्फको लाइसेन्स दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL